राजनीति
कास्की- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ आरोपितको बिहीबार बिहान मृत्यु शंकास्पद भएको छ । लागु औषध कारोबारमा पुस २ गते पक्राउ परेका भारत मोतिहारीका ३० वर्षे सन्दीप साहले बिहीबार बिहानै हिरासत कक्षमै बान्ता गरे तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि केही बेरमै उनको मृत्यु भयो । जिल्ला प्रहरी नेतृत्वले यो घटनालाई गुपचुप राख्न खोजे पनि प्रदेश प्रहरी कार्यालयले दिउँसो विज्ञप्तिमार्फत सञ्चारमाध्यममा सूचना सम्प्रेषण ग¥यो ।
साहले प्रहरीकै सहयोगमा विष ल्याउन लगाएर हिरासतमै सेवन गरेको स्रोतको दाबी छ ।उक्त कार्यमा संलग्न रहेको आरोपमा ती जवानलाई बिहीबार नै जिल्ला प्रहरीले हिरासतमा राखेको छ ।
अस्पताल पुगेपछि पनि साहले केहीबेर कुराकानी गरेका थिए । उपचार सुरु गरेपछि उनको मृत्यु भएको थियो । पोस्टमार्टममा अलमल सन्दीप साहको बिहीबार बिहानै मृत्यु भए पनि साँझ अबेरसम्म पोस्मार्टम भने गरिएको छैन ।
मृतकका आफन्तले कुनै उजुरी नदिएका कारण पोस्टमार्टम नगरिएको प्रहरीले जनाएको छ । उनको शव पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । लागु औषध कारोबारको लामो सञ्जालमा जेलिएका साहको मृत्युलाई पारिवारिक रुपमै मिलाउने र मुद्दालाई कमजोर बनाउने प्रयासमा प्रहरी लागेको छ ।
बिहीबार दिउँसो साहका आफन्तसँग जिल्ला प्रहरी नेतृत्वले पटकपटक वार्ता गरेको थियो । साहले प्रयोग गरेको गाडी त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनका साथीहरु भने फरार छन् ।विष नै सेवन गरी मृत्यु भएको हो वा हैन भन्ने पोस्टमार्टम नगरी खुल्दैन ।
पोखरा, ८ मा बस्दै आएका साहलाई पुस २ गते आगुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ परेको हो । बा१८च ६७८५ नम्बरको मारुती गाडी र उनको कोठामा लुकाएर राखेको अवस्थामा लागुऔषधसहित साह पक्राउ परेका थिए । उनको साथबाट २ वटा मोबाइल र विभिन्न प्रकारका २ हजार ९ सय ७० चक्की लागुऔषध नियन्त्रणमा लिएको थियो ।–पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिकका लागि खवर लेखेका हुन् ।