logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपाललाई जनमत संग्रह गरेर हिन्दू राष्ट्र बनाउनुपर्छ : महामन्त्री कोइराला


  • राजनीति
  • शुक्रबार, फाल्गुन १७ २०७५

गुल्मी –  नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाल सतातन वैदिक धर्मको भूमि रहेको उल्लेख गर्दै नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं। ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा। कोइरालाले सो कुरा वताएका हुन् ।

डा। कोइरालाले भने, ‘धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ र सवैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ।’ वीपी पुत्र समेत रहेका डा। कोइरालाले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रमण भैरहेको आरोप लगाए । उनले केहि धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गरे। आफूले वीपीको पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घोष समेत गरे ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार