logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संकटकालकाे झल्काे दिदै कम्युनिस्ट सरकार मध्यराति सिन्धुपाल्चोकबाट १७ जना नेकपाका नेता कार्यकता गिरफ्तार


  • न्युज डेस्क
  • शनिबार, फाल्गुन १८ २०७५

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ जना नेता कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।

संगठन सुदृढ तथा बिस्तार अभियान काे सिलसिलामा चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए । ‘केही मानिस पक्राउ परेका छन्, उनीहरुको विषयमा अनुसन्धान सुरु गरेका छौं’ एसपी मरासिनीले भने’
आजै पार्टी महासचिव बिप्लवले एक आलेख मार्फत सरकारी दमनकाे प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
पछिल्लो समय विभिन्न बाहानामा नेकपा माथि सरकारले धर्पकड गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार