नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट गुल्मी जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले बिज्ञप्ती जारी गरेका छ्न । गुल्मी जिल्लाका सेक्रेटरी खिम खड्कालाइ बिना कारण गिरफ्तार गरेको प्रती आपत्ति जनाउदै उक्त बिज्ञप्ति जारी गरेका हुन ।
बिज्ञप्तीमा पार्टी कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाइ सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाइ हिरासतमा राखेको भन्दै भत्सर्ना गरेका हुन । उनले सामाजिक दलाल सरकारको गृह प्रशासनले अलोकतान्त्रिक र गैर न्यायिक हर्कत गरेको प्रति पार्टीको गम्भीर ध्यान आकृष्ट भएको जनाएका छन । गुल्मी इन्चार्ज पुर्ण बहादुर सिंहले गिरफ्तार खड्काको अबिलम्ब रिहाईको माग गरेका छन ।
दलाल सरकारले अभियानको क्रममा जनताका घर बस्तिमा हिडेका नेता कार्यकर्तालाइ गिरफ्तार गरेर आफ्नो आयु आफै छोट्याउदै गएको प्रतिक्रिया दिदै सिंहले बिना सर्त रिहाईको माग गरेका छन । यदि रिहाई नगरे कडा संघर्षमा जाने बताएका छन।
