logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

को हुन फेवातालमा मृत भेटिएकी अधिकारी युवती ?


  • राजनीति
  • आइतबार, फाल्गुन १९ २०७५

पोखरा- पोखरा महानगरपालिका- ६ गौरीघाटस्थित फेवातालको किनारामा तैरिएर रहेको अवस्थामा एक युवतीको शव भेटिएको छ । एक युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यलयल कास्कीले जनाएको छ ।
फेवातालमा घोप्टो परेको अवस्थामा कास्कीको अन्नपुर्ण गाँउपालिका- २ ढिकुरपोखरीकी १९ वर्षीया दिव्या अधिकारीको शव फेला परेको हो । नर्सिङ कलेजमा अध्यायनरत अधिकारी शनिवार बिहानै क्याम्पस जानको लागि घरबाट हिँडेकी थिइन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं डीएसपी कोमल शाहले बिहान फेवाताल किनारामा तैरिएको अवस्थामा उनको शव भेटिएकोबताए ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको छ। प्रहरीले गौरीघाटमा एउटा स्कुटर बेवारिसे अवस्थामा फेला परेको र त्यस स्कुटरको साँचो अधिकारीको साथमा फेला परेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले बताए । ‘प्रहरीले आवस्यक अनुसन्धान गरिरहेकोछ,सत्यतथ्य बुझेपछि सार्वजनिक गछौं,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार