logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यस्तो रहेछ बजारमा ग्यास अभाव हुनुकाे मुख्य कारण


  • पत्रपत्रिका
  • सोमबार, फाल्गुन २० २०७५

बजारमा ग्यासको कृत्रिम अभाव देखिएकाे छ।

मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन्  । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सबन्धिन निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च, वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार