logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारले नेकपा माथिकाे दमन नराेके जस्तोसुकै प्रतिराेध हुनसक्छ : सुदर्शन


  • न्युज डेस्क
  • सोमबार, फाल्गुन २० २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले देशैभरि चलाइरहेको सङ्गठन सुदृढ र विस्तार गर्ने राजनीतिक अभियानमा प्रहरीले हस्तक्षेप गरेको भन्दै दमनकोे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

इन्चार्ज सुदर्शनले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै राजनीतिक अभियानमा खटिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्ने, धरपकड गर्ने गरेमा आफ्नो पार्टीले सशक्त प्रतिरोध गर्ने भन्दै त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुुनुपर्ने चेतावनी दिएका छन् । यस्ताे छ प्रेस विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार