logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

खाना पकाउने ग्यासको अभाव हुन्न : आयल निगम


  • पत्रपत्रिका
  • मंगलबार, फाल्गुन २१ २०७५

बजारमा खाना पकाउने ग्यासकाे अभाव हुने हल्लाहरु चलिरहदा  उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् ।कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन् । शुक्रबारदेखि पिडिओ नउठाए पनि पुरानो पिडिओको आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी, मथुरा, हल्दियालगायत रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको छ । आजकाे नागरिक दैनिक मा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार