logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपाल आइडल रवी ओड अस्वस्थ नर्भिकमा सल्यक्रिया हुदै


  • राजनीति
  • मंगलबार, फाल्गुन २१ २०७५

बहुचर्चित नेपाल आइडल सिजन – २  का आइडल रवि ओड अस्वस्थ्य भएपछि उनको शल्यकृया भएको छ । उनको काठमाडौंको नर्भिक अस्पतालमा शल्यकृया भएको छ । उनको संवेदनशिल अंगको शल्यकृया गरीएको चिकित्सकले जनाएका छन् । उनको शल्यकृयामा चिकित्सक प्रविण संलग्न थिए ।
उनको शल्यकृया एक साता अघि गरिएको थियो । एक सातालामो अस्पतालमा बसेर शल्यकृया पछि उनी घर फर्केका छन् । उनको शंवेदनशिल अंगमा ट्युमर आएपछि शल्यकृया गर्नुपरेको हो । ओडलाई बाँया साइडको चेष्ट दुखिरहन्थ्यो । विवोइङ पनि गर्दा नसामा समस्या भएको होला भन्ने ठानेर उनले त्यति चासो राखेका थिएनन् ।
पछि सबै शरिरको एमआरआइ गर्दा उनको स्पाइनल कडमा ट्युमर भएको पत्ता लाग्यो । अष्ट्रेलिया जानुपर्ने भएकाले उनले औषधि खाएर त्यहाँको एक महिनाको काम पुरा गरे । अष्ट्रलियावाट आएपछि उनले शल्यकृया गरेका हुन् । चिकित्सकको सल्लाह अनुसार नै उनले शल्यकृया गरेको ओडले बताए ।

स्वास्थ्य खबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार