logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकार र ग्यास उद्योगीबिच यस्तो छ, सहमति के ग्यास पाउला त सहजै ?


  • राजनीति
  • बुधबार, फाल्गुन २२ २०७५

लामाे समयपछि सरकार र ग्यास उद्योगी  हिजो सहमति भएको छ।  ग्यासमा कमिसन बढाउनुपर्ने  मााग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगीले सरकारसँग ३ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् ।उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।यस्तै पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । यस्तो छ ३ बुदे सहमति

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार