logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुस्लिम आयाेग काण्ड नेकपा अध्यक्षद्वय दाहाल र ओलि चर्काे बिबाद अन्सारी काे पक्षमा ओली


  • पत्रपत्रिका
  • बुधबार, फाल्गुन २२ २०७५

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र मुस्लिम आयाेगका प्रस्तावित अध्यक्ष का उम्मेदवार अन्सारी बचाउन  रस्साकस्सी देखिएको छ।नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्नेमा सत्तारुढ नेकपाभित्रै विवाद देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अन्सारीलाई जोगाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेता विवादित अन्सारीलाई समितिबाट अस्वीकृत गर्ने पक्षमा छन् ।नेकपाभित्रै एक मत नदेखिएपछि सुनुवाइ समितिबाट ४५ दिने म्याद कटाउने कसरत सुरु भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र सुनुवाइ समितिले निर्णय नगरे नियुक्तिका लागि बाधा नपुग्ने संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ । आजको अन्नपूर्ण पाेस्ट दैनिक मा प्रकासित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार