बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले गण्डकी मेडिकल कलेजलाई मागपत्र बुझाएको छ ।
गण्डकी मेडिकल कलेजमा विगत लामो समय देखि विधार्थीहरुले गरिरहेको आन्दोलन र कलेज प्रशासनले त्यस विषयमा देखाएको उदासिनताले सङ्गठनको गम्बिर ध्यानाकर्षण भएको भन्दै कलेज प्रसासनलाई अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय ,समिति का संयोजक मिलन राइ को हस्ताक्षर रहेको मागपत्र बुझाएको छ ।
उक्त मागहरु एक हप्ता भित्र सम्बोधन नगरे संघर्षमा उत्रिने र त्यस बाट उत्पन्न हुने परिस्थितिको जीम्मेवार कलेज प्रशाशन हुनु पर्ने चेतावनि समेत दिएको छ ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखाका कर्मचारी हरि पौडेल, दिनेश पौडेल र तिलक पौडेललगायतको मिलेमतोमा तोकिएभन्दा बढी शुल्क असुलिएको विद्यार्थीको आरोप छ ।अनियमित तरिकाले अबैध शुल्क असुलेको विरोधमा ३२ दिन देखि कलेजको पठनपाठन बन्द छ भने अस्पतालको सेवा पनि प्रभावित भएको छ ब्याच २०१५ मा अध्ययनरत ८३ विधार्थीले वार्षिक परिक्षा बहिस्कार गरेका थिए ।