राजनीति
काठमाडौं – चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्।
अन्नपूर्ण पोस्ट दैनिक अगाडि लेख्छ–आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।
झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। शुभनारायणलाई तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागको डिन बनाइएको थियो।
काठमाडौं– सरकारी संयन्त्रमार्फत जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
जापान रोजगारी अप्रिलदेखि पठाउन शुरु
दुवै मुलुक विच कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि शुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट शुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ ।’
नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन् । जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ ।