logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की रुपा गाउपालिकाका हतियार सहित प्रकाउ परेका गुरुङहरु कोको हुन हेर्नुस


  • राजनीति
  • बुधबार, फाल्गुन २२ २०७५

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा अवैध हतियारसहित ४ जनालाई पक्राउ गरेको छ ।कास्कीबाट प्रहरीले उनीहरुबाट दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक हतियार सहित नियन्त्रणमा लिएको हो ।

रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । प्र
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, तालबेशी बस्ने वर्ष ४८ का डिल बहादुर गुरुङ, रुपा ७ तिलखोरिया बस्ने वर्ष ४५ का सुरेश गुरुङ र वर्ष ५४ का मन बहादुर थापा मगर छन् ।

यी हुन श्रीमतीलाई भान्से बनाएर तलब खुवाएउने उपमेयर…….

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ठ फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । नयाँ पत्रिकामा यो खबर छ ।

पाठक घुस प्रकरण : यी राजपा नेता जसले ७८ लाख बुझाए……

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्।

अन्नपूर्ण पोस्ट दैनिक अगाडि लेख्छ–आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। शुभनारायणलाई तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सिफारिसमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ विभागको डिन बनाइएको थियो।

काठमाडौं– सरकारी संयन्त्रमार्फत जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

जापान रोजगारी अप्रिलदेखि पठाउन शुरु

दुवै मुलुक विच कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि शुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट शुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ ।’

नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन् । जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार