logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सासंद रेशम चौधरीलाइ जन्म कैदको फैसला


  • राजनीति
  • बुधबार, फाल्गुन २२ २०७५

केहि समय अगाडी मात्र संसदको सपथ लिएका संसद रेशम चौधरीलाइ जिल्ला अदालत कैलालीले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

कास्की रुपा गाउपालिकाका हतियार सहित प्रकाउ परेका गुरुङहरु कोको हुन हेर्नुस

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा अवैध हतियारसहित ४ जनालाई पक्राउ गरेको छ ।कास्कीबाट प्रहरीले उनीहरुबाट दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक हतियार सहित नियन्त्रणमा लिएको हो ।

रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । प्र
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, तालबेशी बस्ने वर्ष ४८ का डिल बहादुर गुरुङ, रुपा ७ तिलखोरिया बस्ने वर्ष ४५ का सुरेश गुरुङ र वर्ष ५४ का मन बहादुर थापा मगर छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार