logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनयुद्धकालिन मुद्दा भुल र क्षमा देउ नत्र मलाइ कार्वाही गर : बाबुराम भट्टराई


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन २२ २०७५

नयाँ शक्ति नेपाल का संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार  प्रतिनिधिसभाको बैठकमा बाेल्दै जनयुद्धकालिन मुद्वाहरुकाे उचित सामधान गर्नुपर्ने बताएका छन्।
उनले जनयुद्धकालिन मुद्वाहरुलाई राजनीतिक हल दिन भन्दै मुद्दा लगाउने नै भए आफूलाई जेल हाल्न चुनाैती समेत दिएका छन्।
जनयुद्धका  घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए । भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर वा भुलकाे आधारमा काम गर्नुपर्ने बताएका छन्।

एक अर्को प्रसंगमा डा. भट्टराईले विप्लवमा भर्भराउँदो खालको युवाहरु भएकाे र उनिहरु मा राज्य कमजोर पार्ने सामर्थ्य रहेकाे भन्दै राजनीतिक समधान खाेज्न सरकारलाई सुझाएका छन्। उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्,’ उनले भने, ‘यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार