राजनीति
काठमाडौं -राष्ट्रिय जनता पार्टीको आकस्मिक बैठक सुरु भएको छ । राजपाका सांसद रेसम चौधरीमाथि कैलाली जिल्ला अदालतले गरेको फैसला पछि अदालतले विभेदपूर्ण निर्णय गरेको आरोप लगाउँदै राजपाले आकस्मिक बैठक बोलाएको हो ।
कैलाली जिल्ला अदालतले चौधरी सहित टीकापुर घटनाका अभियुक्त ११ जनालाई बुधबार मात्रै जन्मकैदको फैसला गरेको थियो । सो लगत्तै बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने नेताहरुले बताएका छन् ।
राजपाका महासचिव केशव झाले आफ्ना सांसद चौधरीको मामिलामा विभेदयुक्त निर्णय भएको र त्यसबाट न्यायलय नै विभेदको चंङ्गुलमा फसेको आरोप लगाएका छन् । उनले अब पार्टीको बैठकको निर्णय अनुसार आफूहरु आन्दोलनमा जाने जानकारी समेत दिएका छन् ।
प्रधानमन्त्री ओली अस्पताल भर्ना ! आखिर के भयो ?
पोखरा- अस्पताल प्रशासनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिसियूमा भर्ना गरिएको छ । मुटुको नियमित परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल पुगेको ओलीलाई सिसियुमा राखिएको हो । विहान सवा १० बजे अस्पताल पुगेका ओलीको रगत, इसिजी, एक्सरे परीक्षण गरेपछि उनलाई अहिले भर्ना गरिएको हो।
यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । बढी धपडी देखिएकोले केही समय चिकित्सकहरुको निगरानीमा अस्पतालमा नै आराम गर्न चिकित्सकहरुले आग्रह गरेपछि उनी अहिले अस्पतालमा नै आराम गरिरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बुधबार प्रधानमन्त्रीको पूर्वाधार विकास बैंकको उद्घाटन र बीरगञ्जमा चलिरहेको अश्वमेध यज्ञको समापन कार्यक्रममा सहभागी बन्ने कार्यक्रम थियो । तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचार प्रा डा अरुण सायमीको नेतृत्वको टोलीले गरिरहेको अस्पतालले जनाएको छ ।