logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

आज विप्लवकाे बन्द किन, कहाँ र कसरी हुदैछ ? (हेर्नुस् बन्दहुने जिल्लाहरु)


  • न्युज डेस्क
  • बुधबार, फाल्गुन २२ २०७५

बिप्लव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले आज अर्थात २३गते राप्ती बन्दकाे घाेषणा गरेेकाेे छ।नेकपा का केन्द्रीय सदस्य तथा राप्ती ब्युराे इन्चार्ज सुवासले एक बिज्ञप्ती जारी गर्दै शान्तिपूर्ण कार्यक्रम भइरहेको समयमा दलाल सरकारको निर्देशनमा बिनाकारण प्रहरीले निर्दोष नेता कार्यकर्ता लाई गिरफ्तार गरि झुठा मुद्दा लगाउन खोजेकाले निर्दोष भन्दै  नेता ,कार्यकर्ता रिहाइको माग गरेका छन्।

आजहुने बन्द राप्ती ब्युराे अन्तर्गत का राेल्पा, रुकुम, दाङ, सल्यान,प्युठान लगायतका जिल्लामा हुनेछ। बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन नेकपा राप्ती ब्युरो ले सम्बन्धि सबै पक्षसंग एक दिने बन्दलाइ समर्थन गर्न र कथित बामसरकारकाे निरंकुशता बिरुद्ध साथ दिन अपिल गरेकाे छ बुधवार ब्युराे इन्चार्ज सुवासले एक बिज्ञप्ति जारी गर्दै यस्ताे अपिल गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टी राप्ती व्यूरो द्वारा आज फागुन २३ गते राप्ती क्षेत्र का सबै जिल्लामा  बन्दको आह्वान गरेकाे छ।

यस्तो छ बिज्ञप्ती 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार