logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गणतन्त्र गुम्ने खतरा छ : बामदेव गाैतम


  • न्युज डेस्क
  • बिहिबार, फाल्गुन २३ २०७५

पुर्व  उपप्रधानमन्त्री तथा सत्तारूढ  दल नेकपाका नेता वामदेव गौतमले  मुलुकको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । उनले  सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानमा नजुटे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्नसक्ने तर्फ पनि सचेत गराए । प्रतिपक्षसंग दुरी बढायर समस्या काे हल हुदैन उनले भने काग्रेस र सत्तारूढ दल यसमा गंभिर भयर साेच्न आबश्यक छ।

बुधबार काठमाडौंमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वर्गीय अधिकारी काे सपना पूरा गर्न सबै पार्टी नेता कार्यकता एक भएर लाग्न अपिल गरे।

उनले विश्वविद्यालयहरुले पनि मुलुकको समृद्धिको लागि आवश्यक जनशक्तिको निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याए थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार