logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रोल्पाको त्रिवेणी गाउँपालिकामा दुईवटा सकेट बम फेला,प्रहरीले सुरक्षा पहरा


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा सकेट बम फेला परेका छन्। दुईवटा बम फेला परेका हुन्।

बम रहेको स्थानमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेकोछ।

मंगलबार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो। अज्ञात समूहले तोडफोड गरेको आवाज कार्यालय सहयोगीले थाहा पाएका थिए। उनले होहल्ला गरेपछि उनीहरु भागेको थिए।

गाडीमा मोबिल छर्किएको र गाडी विष्फोटक पदार्थ समेत फेला परेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जनाए। तोडफोडमा आएका समूहले नै हतारमा भाग्ने क्रममा पर्खाल नजिकै बम खसालेको हुनसक्ने आशंका गरिएको छ। बम फेला परेपछि जनमानसमा त्रास फैलिएको छ।

रोल्पामा फेरि आगजनी, गाउँपालिकाको डोजर जलाइयो

एकपछि रोल्पामा अर्को गाउँपालिकाका साधनमा आगजनी भइरहेको छ । त्रिवेणी गाउँपालिकाको डोजर अज्ञात समूहले जलाएको छ ।

त्रिवेणी गाउँपालिकाको रा १ क ७१२ नम्बरको रबरको टायर भएको जेसिभीको बायाँ भागको टायर जलाइएको छ । ट्यांकीमा पति क्षति पुगेको छ । गाउँपालिकाको २ नम्बर वडामा पर्ने ह्याङ सडकखण्ड सफा गर्न लगिएको डोजरमा आगजनी भएको हो ।

गाउँपालिका केन्द्र जुगार–करेटी जोड्ने सडकको खाल्डाखुल्डी पुर्न गएको जेसिभी ठूलो टायर बिग्रिएर जंगल क्षेत्रमा थियो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ । प्रहरी निरीक्षको नेतृत्वमा घटनाको सूचना लगत्तै प्रहरी ह्याङ हिडेको हो ।

मंगलबार राति गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुुर खत्रीले भाडामा प्रयोग गर्दै आएको ठाडीमा आगजनी भएको भोलिपल्ट डोजर जलाइएको हो । त्यही रात त्रिवेणी गाउँपालिकाको गाडी पनि तोडफोड भएको थियो ।

जलाउने उद्देश्यले मोबिल खन्याएर विष्फोटक पदार्थ छोडिएको भन्दै गाउँपालिकाले विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ । श्रृंखलावद्ध आगजनीले जनप्रतिनिधिमा र सरकारी गाडी प्रयोग गर्ने कर्मचारीमा त्रास पैम्लिएको छ ।

आगजनीको कसैले जिम्मेवारी लिएको छैन । सुरक्षा स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार