राजनीति
काठमाडौं – महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्नताको आशंकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता केदार खतिवडालाई पक्राउ पक्राउ गरेको छ ।
पक्राउ परेका खतिवडा नेकपाका ब्यूरो सदस्य हुन् । नयाँ बजारबाट पक्राउ परेका ३२ वर्षीय खतिवडा अखिल क्रान्तिकारीका पूर्वनेता भएको बताइएको छ ।
नख्खुमा भएको बम बिस्फोटमा एक जनाले ज्यान गुमाएका थिए भने दुई जना घाइते भएका थिए । महाशाखाले नख्खु बम विस्फोटमा आशंका यसअघि पनि एकजनालाई पक्राउ गरिसकेको छ ।