logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव नेकपाका ब्युरो इन्चार्ज गिरफ्तार


  • आश तमु
  • शुक्रबार, फाल्गुन २४ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य  तथा ब्युरो इन्चार्ज उत्तम लाइ प्रहरीले गिरफ्तार गरेको छ । महिला संगठनले आयोजना गरेको कार्यक्रम सम्बोधन गर्न पुगेका उनलाइ कार्यक्रममा प्रहरीले धरपकड गरी नेकपाले जनएको छ । उनि अहिले उपत्यकाको जिम्मेवारीमा रहेको स्रोतको दावी रहेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको स्थानमा हस्तक्षेप गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उत्तम, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी नवीन बिष्टलगायत ६ जनालाई गिरफ्तार गरेको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा शुक्रबार मध्याह्न आयोजना गरेको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अतिथिका रुपमा सहभागी हुँदै गर्दा प्रहरीले नेकपाका नेता उत्तम, नवीन बिष्टलगायतलाई गिरफ्तार गरेको हो ।

सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार