राजनीति
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएको जनाएको । सासंद मल्ललाई शुक्रबार बिहान ११ बजे बझाङको केदारस्युँ गाउँपालिकाबाट प्रदेश सांसद नियन्त्रणमा लिएको दावी छ ।
मार्च २१ नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरण परेकी हुन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकउनका नातेदारका अनुसार आफु कार्यक्रममा हिडिरहेको बेला सरप्राइज दिएको सात नं प्रदेश सांसद देबकी मल्ले बताएकी छन ।
सासंद मल्लले १५ र २० जनाको अपरिचित समुह आएर छलफल गर्नु छ भनेर गिरफतार गरेको बताएकी हुन । उनले भरेसम्मा छोडने समेत जानकारी दिएकी छन ।