राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकोनेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज सिकन्दरले भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् । नेता सिकन्दरले भर्खरै (शुक्रबारै) प्रेसविज्ञप्ति प्रकाशित गरी बझाङकी प्रदेश सभा सांसद देवकी मल्लबारे नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचार सरासर झूट्टा भएको बताएका छन् । साथै पार्टीद्वारा अपहरण गरिएको भनिएको उक्त घटनामा पार्टीको कुनै संलग्नता नरहेको समेत उनले स्पष्ट पारेका छन् ।
