logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको स्मार्ट वडामा स्मार्ट तरिका बाटै चोरी ! प्रहरी नै जील्ल


  • राजनीति
  • शुक्रबार, फाल्गुन २४ २०७५

पोखरा- पोखरा महानगरपालिकाको स्माट वडाका रुपमा चिनेने १३ नम्बर वडा कार्यालयमा बिहीबार राति चोरी भएको खबर बाहिरेको छ ।वडाध्यक्ष दर्शन लामाले राति १० बजेको समयमा चोरी भएको जानकारी दिए ।
चोरले वडा कार्यालयबाट ४ वटा मनिटर, २ वटा सीपीयू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेको लामाले जानकारी दिए । ‘सिसिटिभी क्यामेरा पनि डिस्कनेक्ट गरेर चोरेको हुनाले चोरको पहिचान गर्न गाह्रो छ,’ उनले भने । चोरीपछि शुक्रबारनै वडा प्रहरी कार्यालय रामबजारमा उजुरी दिइसकेको उनले बताए ।

उक्त चोरीबाट वडा कार्यालयको २ लाख बराबरको क्षति भएको लामाले जानकारी दिए । यसअघि पोखरा ५ वडा कार्यालयमा पनि चोरी भएको थियो । चोरीको प्रकृति एउटै किसिमको भएकाले अनुसन्धान कार्य तीब्र पारिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार