logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

क्यान्सर भन्दा पिडा श्रीमानले दिएको यातना !


  • उदेश शर्मा ।
  • शनिबार, फाल्गुन २५ २०७५

“नारी दिवसबारे उनले यो दिवस दिवसमात्र नभई नारीहरुले सहनुपरेको अन्याय र अत्याचारको अन्तिम दिन बनोस् र नारी पुरुष मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिईन् । उनले क्यान्सरका विरामीहरुलाई उचित स्यारसुसार भयो भने र कुनै मानसिक तनाव भएन भने सहजै जित्न सकिने सन्देश दिईन् । उनले अर्को कुरा भन्दै थपिन्, अचेल सबै साथीहरुले राधा जागिन भन्दा धेरै आनन्द आउँछ ।”

 

आज अन्तर्राष्ट्रिय महिला दिवस । यो अवसरमा सामाजिक सञ्जालमा महिलाहरुले आफूले गरेका सामाजिक योगदानका तस्विरहरु पोस्ट गरेका छन् । महिला दिवसका पारिवारिक र क्यान्सर जस्तो घातक रोगले दिएको शारीरिक यातनालाई चिरेर राधा सामाजिक सचेतनामा क्रियाशील रहेकी छन् ।

बिस्तारै निको हुँदै छिन् राधा । स्तन क्यान्सरसँग अहिले संघर्षरत छिन् उनी । हामी उनीसँग भलाकुसारी गर्न हिचकिचाइरहेका थियौं कि कतै हाम्रो कुराकानीले उनको घाउ अझै बल्झने त होइन ? हामीले उनलाई सोध्यौं, ‘अहिले कस्तो छ ?’ उनले हाँसेरै जवाफ फर्काइन्, ‘ठीकै छ ।’ त्यसपछि उनका शब्द त्यतिमै सीमित भएनन् र थपिन्, ‘मानो नसकिएसम्म कहाँ जान पाइँदो रहेछ र !’ निकै हँसिलो र चम्किलो उनको मुहारमा उज्यालाका किरण प्रष्ट देखिन्थे । ‘पीडा पर सारेर जिन्दगीलाई पढ्दै छु’, भन्छिन् नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीकी राधा बस्याल । पेसाले सञ्चारकर्मी हुन् उनी । रेडियो मध्यविन्दुमार्फत लाखौं सर्वसाधारणलाई अनेकौं समाचार र जानकारी सुसूचित गरिरहेका बेला एक्कासी घडी टक्क अडियो ।

“क्यान्सर भएपछि मलाई बाटो खुलेको छ, धेरैको माया, साथ र सहयोग पाएकी छु । समाजका लागि केही गर्छु भनेर हिँडेकी छु ।’ उनी भावुक बन्न थालिन् ।”

‘दैनिकी ठीकठाक चल्दै थियो अकस्मात मेरो बिहे भयो । त्यसपछि एक दिन पनि मेरा लागि एक वर्षजस्ता भए’, बोल्दाबोल्दै उनको अनुहारको भाव फेरियो, ‘नाइँ, अहिले म सम्झन पनि चाहन्नँ ती दिन ।’ उनी एकछिन रोकिइन् र जीवनको त्यो खराब समयलाई सम्झनाबाट पर ठेलिन् । ‘सात जन्मसम्म साथ दिन्छु भनेर बाचा गरी सात फेरो लिएको पति परमेश्वर राक्षसभन्दा पनि दुष्ट हुँदा कस्तो हुन्छ ? कुनै दिन तपाईलाई सबै बेलिबिस्तार लगाउँला’, उनले सहज हुँदै भनिन्, ‘अहिले मैले सकारात्मक ऊर्जा पाएकी छ ।

यो ऊर्जालाई सही ठाँउमा प्रयोग गर्ने सोच छ यसमा तपार्इंहरूको सहयोग अपरिहार्य छ ।’ उनको दुखेसो पोख्ने क्रम जारी थियो । ‘पैसा खानका लागि क्यान्सर भएकी केटी मलाई भिडायो भनेर मेरो माइतीमाथि आरोप लगाएकोमा मलाई साह्रै दुःख लागेको छ । मेरो रोगभन्दा पनि त्यसको पीडा कडा छ’, उनी बह पोख्दै गइन्, ‘जबकि बिहे गरेको ३ महिनापछि मलाई क्यान्सर भएको थाहा भयो । अनि अर्को कुरा मलाई क्यान्सर लागेपछि मैले मेरो पतिको मुख अहिलेसम्म देखेकी पनि छैन । सुरुमा त फोन गर्थें तर कहिल्यै रिसिभ नगरेपछि मैलै गर्नै छाडें, सायद उहाँलाई पैसा माग्छे भन्ने लाग्यो होला ।’

उनी खुल्दै गइन् । ‘क्यान्सर हुनुभन्दा पहिले मलाई मेरा श्रीमान र उहाँको परिवारले गरेको व्यवहार म सम्झन चाहन्छु । म बाध्य थिएँ उनीहरूले दिएका पीडा सहन । बिहे भएको पहिलो रात नै मेरा लागि काल जस्तै बन्यो । मैले बुवाआमा (माइती) र समाज सामु खुसी र सुखी देखिनुपर्ने बाध्यता अर्को तर्फ दिनहुँ यातना खेप्नुपर्ने । क्यान्सर भएपछि मलाई बाटो खुलेको छ, धेरैको माया, साथ र सहयोग पाएकी छु । समाजका लागि केही गर्छु भनेर हिँडेकी छु ।’ उनी भावुक बन्न थालिन् । ब्रेस्ट (स्तन) मा अलिकति माथि गिर्खा देखिएपछि सामान्य उपचार गराउन अस्पताल पुग्दा सामान्य अप्रेसन गरेर हटाउने चिकित्सकको सल्लाह अनुसार गिर्खा फालियो ।

त्यो बेलासम्म उनलाई सामान्य गिर्खा नै हो फालेपछि निको भैहाल्छ नि भन्ने लागेको रहेछ तर केही दिनमै असहज महसुस भएपछि फेरि एकपल्ट चेकअप गर्ने निधो गरेपछि अस्पताल गइन् । चेकअपमा केही शंका देखियो, ब्रेस्ट क्यान्सर हो कि भन्ने । कन्फर्म नै भने भएको थिएन । राधाले बताउँदै गइन् । क्यान्सरको शंकाले राधालाई गत जेठ १९ मा भारत पु-यायो । त्यहाँ चेकअपपछि क्यान्सर लागेको कन्फर्म भयो । तत्काल उपचारका लागि प्रोसेस गरिन् । क्यान्सर भएको थाहा पाउनासाथ उनलाई आफूमाथि आकाश नै खसेजस्तो भयो, पृथ्वी नै भुमरीमा परेजस्तो भयो । त्यसबेला उनका मामाहरू, पवित्रा दिदी हरि भिनाजु, टेकु दाइ, रामु अंकललगायत आफन्तले उनलाई हरेस नखान साहस, आँट दिनुभयो ।

उनी उहाँहरूलाई कहिल्यै नबिर्सने बताउँछिन् । यो आफ्नो पुनर्जन्म हो भन्छिन् । यो प्राप्तिलाई सदुपयोग गर्ने बताउदै उनले भनिन् क्यान्सरलाई जित्ने सोचमा छु तपाईहरुको माया र ढाडसले मलार्इ पक्कै हार्न दिने छैन भन्दै मुस्कुराईन् । गत फागुन ९ गते आफ्नो जन्मदिको अवसर पारेर क्यान्सर रोग बारे सचेतना जगाउने उधेश्यले एउटा संस्थको परिकल्पना गरेर अहिले गाउँगाएँमा महिला दिदी बहिनिहरुसंग आफ्ना अनभव र क्यान्सर रोग बारे जनचेतना जगाउदै हिड्दैछन् राधा । क्यान्सर रोग केहो , यसबाट कसरी बच्ने , अपनाउनुपर्ने संयमता तथा रोग लागिसकेपछिको आत्मबल कसरी बढाउन सकिन्छ भन्ने बिषयमा महिला हरुसंग आफ्ना अनुभव साट्दै हिड्छिन ।

उनको अनुभवले धेरै जनाको आखाँ रसाउदा उनलाई यो आशु पुछ्नकालागि अझ समाजमा केही गर्नुपर्छ भन्ने लागेको बताईन् आज रुवाए भोलि पक्कै हसाउने छु उदारणीय बन्ने छु, उनले भनिन् । राधाको उपचार चलिरहेको छ । किमो थेरापी सकियो अहिले औषधि लिईरहेकी छन् । उनको बुझाईमा क्यान्सर लागेको कहिले कसैलाई पनि थाह नहुदो रहेछ लक्षण देखिदा धेरै ढिला भैसकेको हुँदो रहेछ ।

महिलाहरुलाई अझैपनि बजारमा राखिने खेलाउना जस्तो युज एण्ड थ्रो गर्ने समाजलाई महिला एउटा परिवर्तनको संवाहक हो भनेर प्रष्ट पार्ने भावि योजना रहेको सुनाईन् । नारी दिवसबारे उनले यो दिवस दिवसमात्र नभई नारीहरुले सहनुपरेको अन्याय र अत्याचारको अन्तिम दिन बनोस् र नारी पुरुष मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिईन् । उनले कुराकानीलाई बिट मार्ने क्रममा क्यान्सरका विरामीहरुलाई उचित स्यारसुसार भयो भने र कुनै मानसिक तनाव भएन भने सहजै जित्न सकिने सन्देश दिईन् । उनिले अर्को कुरा भन्दै थपिन अचेल सबै साथीहरुले राधा जागिन भन्दा धेरै आनन्द आउँछ ।

नेपाल हटलाइन बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार