logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखराको लेकसाइडमा यसरी भयो आगलागी हेर्नुस


  • राजनीति
  • शनिबार, फाल्गुन २५ २०७५

पोखरा- पोखराको हल्लनचोक स्थित क्लब ९९ मा शुक्रबार राती आगलागी भएको छ ।स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफे सिलिण्डर पड्किएपछि बाट आगो लाग्न सुरु भएको हो । बर्गर सहितका ६ वटा पसलमा आगलागी हुदा करोडौं रकम बराबरको क्षती भएको हो ।आगो नियन्त्रणको लागि स्थानिय, सशस्त्र प्रहरी, नेपाली सेना , नेपाल प्रहरी र पोखरा महानगरपालिकाको दमकल प्रयोग भएको थियो । लगभग आगलागी भएको समय पछी करिव ३० मिनेट ढिलो पुगेको दमकललाई आगो निभाउन करिव दुई घण्टा बढी समय लागेको थियो।हेर्नुस भिडियो आगोलागीको

 

पोखराको स्मार्ट वडामा स्मार्ट तरिका बाटै चोरी ! प्रहरी नै जील्ल

पोखरा- पोखरा महानगरपालिकाको स्माट वडाका रुपमा चिनेने १३ नम्बर वडा कार्यालयमा बिहीबार राति चोरी भएको खबर बाहिरेको छ ।वडाध्यक्ष दर्शन लामाले राति १० बजेको समयमा चोरी भएको जानकारी दिए ।
चोरले वडा कार्यालयबाट ४ वटा मनिटर, २ वटा सीपीयू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेको लामाले जानकारी दिए । ‘सिसिटिभी क्यामेरा पनि डिस्कनेक्ट गरेर चोरेको हुनाले चोरको पहिचान गर्न गाह्रो छ,’ उनले भने । चोरीपछि शुक्रबारनै वडा प्रहरी कार्यालय रामबजारमा उजुरी दिइसकेको उनले बताए ।

उक्त चोरीबाट वडा कार्यालयको २ लाख बराबरको क्षति भएको लामाले जानकारी दिए । यसअघि पोखरा ५ वडा कार्यालयमा पनि चोरी भएको थियो । चोरीको प्रकृति एउटै किसिमको भएकाले अनुसन्धान कार्य तीब्र पारिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार