राजनीति
पोखरा- वाइडबडी खरिद प्रकरणमा रविन्द्र अधिकारी निर्दोष छन् भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले सर्बसत्तावादी शासन व्यवस्थाको झल्को दिएको नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बताएका छन् । ‘रविन्द्र अधिकारीको अन्त्यष्टी नहुँदै उनी निर्दोषी भनेर फैसला गर्ने प्रम न्यायधिस हो ? त्यो अधिकार उहाँलाई कसले दियो ?’ प्रजातन्त्रवादी प्राध्यापक संघले गण्डकी प्रदेशले शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘चाहे जतिसुकै ठूला नेता हुन् वाइडबडी, बुडीगण्डकी अथवा एनसेल प्रकरणमा दोषी छ भने कानूनी कठघरामा ल्याइनुपर्छ । पदमा बसेकोले जथाभावी जे मन लाग्यो बोल्दै हिंड्न मिल्दैन ।’
पोखरामा भएको ‘समसामयिक राजनीतिमा देखापरेका जटिलता र निराकारणका उपाय’ बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै डा। कोइरालाले समयमै पार्टीको १४औं महाअधिवेशन गरिनुपर्ने बताए । महाधिवेशन गर्न जती ढिला गर्यो त्यती पार्टी कमजोर हुने उनको भनाइ छ ।
देउवा र पौडेल तातोपानी नुहाउदै, तातो बन्ला त काङ्ग्रेस ?
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न शनिबार आइपुगेका छन् । साथमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् । उद्घाटन गरिने पार्टी भवन सङ्गम चोकमा ५१ लाख ३७ हजार सात सय ५० मा निमार्ण गरिएको हो ।
हेलिकोप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका देउवासहितको टोलीले तातोपानी कुण्डमा स्नान गरे । उच्च पदस्थ व्यक्तिको आगमनले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु-याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।