logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डले मधेशी दल र प्रदेश न २ मुख्यमन्त्रीलाई दिए यस्तो चेतावनी…..मदेशवादी नेता फायर


  • राजनीति
  • शनिबार, फाल्गुन २५ २०७५

रौतहट- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भ्रममा पारेर अल्ली बढी मत ल्याउँदैमा नेकपालाई सिद्धायौँ भनेर नफुर्किन मधेशवादी दललाई आग्रह गरेका छन । रौतहटको गरुडामा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै दाहाल प्रचण्डले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने तर अस्तिरता ल्याउन नचाहेकाले त्यसो नगरेको समेत बताए। ‘प्रदेश २ मा हामी सरकार बनाउन सक्छौँ। तर, अहिले नै हामीले अस्तारिता ल्याउन चाहदैनौँ’ उनले भने, ‘यसलाई मधेशवादी दलले काम गर्न अवसर दिएको सोच्नु पर्दछ।’ उनले उनले आगामी निर्वाचनमा ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी बन्ने दाबीसमेत गरे। नेपालको राजनीतिक परिवर्तनमा २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको बताए। परिवर्तनमा यहाँका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसामात्रै नगरेर ऊर्जाका रूपमा ग्रहण गरेको बताए। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भ्रममा पारेर अल्ली बढी मत ल्याउँदैमा नेकपालाई सिद्धायौँ भनेर नफुर्किन मधेशवादी दललाई आग्रह गरेका छन । रौतहटको गरुडामा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै दाहाल प्रचण्डले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने तर अस्तिरता ल्याउन नचाहेकाले त्यसो नगरेको समेत बताए। ‘प्रदेश २ मा हामी सरकार बनाउन सक्छौँ। तर, अहिले नै हामीले अस्तारिता ल्याउन चाहदैनौँ’ उनले भने, ‘यसलाई मधेशवादी दलले काम गर्न अवसर दिएको सोच्नु पर्दछ।’ उनले उनले आगामी निर्वाचनमा ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी बन्ने दाबीसमेत गरे। नेपालको राजनीतिक परिवर्तनमा २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको बताए। परिवर्तनमा यहाँका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसामात्रै नगरेर ऊर्जाका रूपमा ग्रहण गरेको बताए। प्रधानमन्त्री एवं नेपाल कम्यिनस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अब मधेसमा विकासको राजनीति शुरु भएको बताएका छन्।रौतहटको गरुडामा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएको व्यक्तिले समेत संविधान मानेर राज्यको मूलधारमा आएर राष्ट्रको अखण्डताको रक्षा गर्न तयार भएकाले तराईमा विकास नहुनेमा शंका नगर्न आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार