राजनीति
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटको जिम्मेवारी नेकपा विप्लव निकट युवा संगठनले लिएको छ ।बैदेशिक राेजगारका नाममा मानव तस्करी बढाउने सहयाेग गरेकाे भन्दै चेतावनी स्वरुप उक्त कार्वाही गरिएको शााे संगठनले दावि गरेकाे छ।बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । विस्फोटपछि आगलागी समेत भएको थियो ।घटनामा चार जना घाइते भएका थिए ।विप्लव सम्बद्ध युवा संगठन नेपालले विस्फोटको जिम्मा लिएको छ । मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।