logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवसंग राजनीति व्यवहार नगर्नु : गृहमन्त्री


  • पत्रपत्रिका
  • आइतबार, फाल्गुन २६ २०७५

नेत्रबिक्रम  चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न गृहमन्त्री  राम बहादुर थापाले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए ।तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने माग गरेका थिए । आजको कान्तिपुर दैनिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार