राजनीति
विप्लव नेतृत्वको नेकपा काे भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशमा भएकाे प्रहरी हस्तक्षेप प्रतप गंभिर ध्यानाकर्षण भएकाे भन्दै आपत्ति जनाएकाे छ।
महिला सङ्घर्ष समितिको आयोजनामा शान्तिवाटिकामा भएको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जुलुसमा प्रहरीले हस्तक्षेप र दमन गरेको भन्दै सङ्गठनकी केन्द्रीय उपाध्यक्ष सम्झना घर्तीले प्रेसविज्ञप्ति जारी गरी श्रमिक महिला दिवसमा सहभागी पूर्णिमा धामी, विमला शेर्पा, रुक्मनी गौतम, उषा भुजेल, नवीन बिष्टलगायत ६ जनालाई गिरफ्तार गरेको जानकारी दिएकी छिन् ।
गिरफ्तारहरूलाई तुरुन्त रिहा गर्न पनि संगठनले जोडदार माग गरेको छ । गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए उत्पन्न हुने परिस्थितिको जिम्मा सरकार आफैले लिनुपर्ने चेतावनी दिएकाे ।
समाजवादी महिलाहरूले चलाएको सङ्घर्ष र विजयको यो अभियानलाई १९७५ मा संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको थियो । विश्वभरिका महिलाहरूले मान्दै आएको ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा हस्तक्षेप, गिरफ्तारी र दमन गर्नु सामाजिक दलाल सरकारको हरूवा मानसिकताको उपज हो भन्दै संविधान र अन्तर्राष्ट्रिय मान्यता पाएको कार्यक्रममाथिको प्रहरी दमन नयाँ जोगीले धेरै खरानी घसी खुमबहादुरलाई पनि पछि पार्न लागेको सम्झनाले बताएकी छिन् ।
यस्तो छ बिज्ञप्ती
