logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपि प्रचण्ड कम्युनिस्ट काे नाममा कलंक : नेता ओम पुन


  • राजनीति
  • आइतबार, फाल्गुन २६ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा युवा नेता ओम पुनले केपी  र प्रचण्डको पार्टी कम्युनिस्ट काे नाममा कलंक भएकाे बताएका छन्।

उनले सरकार र सिके राउत बिचकाे सहमति  अमेरिकी साम्राज्यवादी इसरामा भएकाे दावी गरेका छन्। उनले “कम्युनिस्ट नाधारी  झुन्ड इण्डाे अमेरिकी साम्राज्यवादकाे ऐजेरु गठबन्धन हाे भन्ने कुरा सिके रावतकाे त्यस समुहमा भएको प्रवेशले पुष्टि गरेको छ । नेपालमा समाजवादी आन्दोलन कमजोर भएको बेला स्वतन्त्र मधेसको नाममा सिके रावत जस्ता पात्रहरू साम्राज्यवादीहरुले खडा गरेर नेपाली जनताको स्वाधीनता र मुक्तिकाे आन्दोलनलाई विषयान्तर गर्न खाेजेका थिए तर अहिले जब समाजवादी क्रान्तिकाे आन्दोलन अगाडि बढ्यो तब सिके रावतहरुकाे भुमिका समाप्त भयो र साम्राज्यवादीकाे गाेटी केपी प्रचण्डको समुहमा उनी प्रवेश गरे “।

उनले एनसेल प्रकरण देखि पछिका केही मामिलाहरुमा अमेरिकी राजदूत बाेल्नु र सिके रावतलाई जेल मुक्त गरेर सरकारी नेकपामा प्रवेश गराउनु सामान्य संयाेग मात्रै नभएर साम्राज्यवादीहरुकाे डिजाइनमा भएको हाे ।भनेकाे छन्।

नेता पुनले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै राष्टवादी हरु चुप नलाग्न अपिल समेत गरेका छन्।

यस्तो छ स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार