कमरेड माओत्सेतुङ चीनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष र विश्व र्सवहारा वर्गका महान नेता हुनुहुन्छ । कमरेड माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको श्याङ्तान जिल्लाको शाओशान गाउँमा भएको थियो र मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा ८३ वर्षो उमेरमा भएको थियो । सन् १९१७ अक्टुबर २५ को महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात चीनमा मार्क्सवादको प्रवेश भएको थियो र सन् १९२१ जुलाइमा चीनिया कम्युनिष्ट पार्टीे स्थापना भयो । माओ पनि चीनिया कम्युनिष्ट पार्टी संस्थापक सदस्य हुनुहुन्थ्यो ।
कमरेड माओ दीघकालिन जनयुद्धको सिद्धान्तकार एवं प्रयोगकर्ता र माओवादका प्रवर्तक समेत हुनुहुन्छ । उहाँले चीनिया कम्युनिष्ट आन्दोलनलाई मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनलाई समेत महत्वपूण् योगदान पुर्याउनु भएको छ र उहाँका र्सार्वभौम योगदानहरूलाई स्वीकार नगर्नेहरू सच्चा कम्युनिष्ट बन्नै सक्तैनन् कमरेड माओले विशेष गरी दर्शनका क्षेत्रमा, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन नयाँ ढंगले मूर्तिकृत र श्रुतिकृत गरे एक नयाँ आयाममा विकास गर्नुभयो त्यसले मार्क्सवाद-लेनिनवादको ज्ञानभण्डारमा महत्वपूण् योगदान पुर्यायो । यस लेखमा माओका ती र्सार्वभौम योगदानहरू, जसलाई स्वीकार नगरेर केही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्नै सक्तैन ती माओका र्सार्वभौम योगदानहरूका बारेमा चर्चा गर्नुका साथै यहाँ माओवादका बारेमा समेत प्रकाश पार्ने काम गरिएको छ ।

कमरेड माओ
कमरेड माओ माओवादका पर्वतक र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ । मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण नै माओवाद हो । माओवाद कमरेड माओले प्रतिपादन गरेको सिद्धान्त हो । यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के हो भने सामन्तीवादी र साम्राज्यवादी शोषणको दोहोरो शोषण र उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, खास गरि सन् १९५३ मा स्तालिन मृत्यु पश्चात जसरी सन् १९५६ मा खु्रश्चोमी आधुनिक संशोधनवादको जन्मसँगै रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नुपर्ने र ख्रुश्चोमी आधुनिक संशोधनवादका विरुद्धको भीषण लर्डाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा कमरेड माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद लेनिनवाद-माओवादको तेश्रो, नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भयो । यो नै माओको सबैभन्दा ठूलो र र्सार्वभौम योगदान थियो । यसरी विश्वर्सवहारा वर्गको पथप्रदर्शक र मार्गदर्शनको रूपमा रहेको मार्क्सवाद-लेनि
नवादलाई जुन माओवादमा विकसित तुल्याउने काममा माओको योगदानलाई र्सवप्रथम पेरुभियाली कम्युनिष्ट पार्टीसाइनिङपाथ) सहित अन्तराष्ट्रीयतावादी आन्दोलन र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीथा संगठनहरूले र्सवप्रथम सही मूल्याङ्कन गरेका थिए र त्यसलाई माओवाद पदावलीमा अभिव्यक्त गरेका थिए ।
फेरी पनि यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो भने र्सवहारा क्रान्तिको विज्ञानको मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा यसरी भएको गुणात्मक विकासको प्रक्रियालाई हामी यहाँनेर यसरी प्रष्ट पार्न सक्छौ कि वर्ग संर्घष्ाको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्रााट्रय र्सवहारावर्गको क्रान्तिको विज्ञानको रूपमा मार्क्सवादको अनुसन्धन हुनपुग्यो । यो सिंगो मानव जातिकै लागि ऐतिहासिक एवं महत्वपूण उपलब्धि थियो । जीवनभर अनवरत संर्घष र महान प्रतिभाका परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशात्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख संगठक अंग रहेको कुरा पनि हाम्रा सामु र्सवविदीतै छ । स्वयं एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
हामी मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले फेरी पनि यहाँनेर गहिराइका बुझ्नुपर्ने कुरा के पनि छ भने वर्गसंर्घष्ाका नयाँ अनुभव र समस्याहरूका सर्न्दर्भमा भी.आई. लेनिन -सन् १८७०-१९२४) द्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोश्रो चरण लेनिनवादको चरणमा पुर्याउने ऐतिहासिक कार्यभार पूरा भयो । आजको युगमा यो विज्ञान संर्घषकै क्रममा विकासको जुन तेश्रो, नयाँ र उच्च चरणमा पुगेको यो तेश्रो नयाँ र उच्चचरण नै कमरेड माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । हामी क्रान्तिकारी कम्युनिष्टहरूलाई यो ज्यादै गौरवको विषय हो कि यसरी आज अन्तर्रााट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रूपमा मार्क्सवाद-लेनिनवाद- माओवाद रहेको छ, जुन विश्वर्सवहारा वर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बनेको छ । यो नै माओको एउटा महत्वपूण् र र्सार्वभौम योगदान हो विश्व र्सवहारा क्रान्तिका लागि ।