राजनीति
सत्तारूढ दल नेकपाका रुपन्देही सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा पार्टी परित्याग गरेका छन् ।
गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४ (क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक हजार कार्यकर्तासहित पार्टी परित्याग गरेको छन्।
उनले पत्रकार सम्मेलन गरी अध्यक्ष शुक्ला र पल्लवीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
प्रदेश ५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आफ्नो सहमति विपरीत ‘भ्रष्ट’ कर्मचारी मुस्लिम खान र प्रमिला सिंहलाई राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
पार्टीले वडा कमिटी गठन गर्दासमेत आफूसँग छलफल नगरेको उनले बताए । नेकपा परित्याग गरेपनि कुन दल प्रवेश गर्ने भन्ने तत्काल निर्णय नगरेको बचाएका छन्।