राजनीति
भखरै मात्रै सर्बोच्च अदालतबाट रिहा भएपश्चात सरकारसंग ११ बुुदेे सहमति गरेका स्वतन्त्र मधेस काे माग राख्दै आएका डाक्टर सिके राउत जनकपुर पुगेका छन्।

सरकार सगकाे सहमति पछि पहिलाे पटक जनकपुर पुगेका राउतलाई आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।

राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।
