राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का प्रबक्ता बिश्वप्रकास शर्माले केपि ओलिकाेे खाेक्राे राष्ट्रवाद सिके राउतकाे पाउमा परेर सकिएकाे बताएका छन्।
काँग्रेसले आइतबार बागलुङ बजारमा आयोजना गरेको विरोधसभामा प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद दिन प्रतिदिन उदाँगो हुँदै गएको बताएका छन्।
सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको उनको तर्क गर्दै उनले ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, ओली त्यसैमा लम्पसार परेे। कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताएका छन्।