राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्न माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जालकाे आधिकारिक पेजमा ट्वीटरमार्फत् उनले सो माग गरेका हुन् ।
उनले भनेका छन्। आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।
ट्वीटमा उनले ‘गम्भीर बनौं’ भनी सचेत समेत गराएका छन् ।
गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।
याे अबस्था किन र कसरी श्रृजना भयाे सबैले बाेल्नेबेला आएको बताएका हुन्।
यस्ताे छ उनकाे ट्वीट
