राजनीति
कास्की – लैंगिक समानताका लागि समान सोच र ब्यबरार : समृदीको आधार भन्ने मूलनाराका साथ मनाइएको १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारि मादी गाउँपालिका कास्कीले उपाध्यक्ष सग महिला कार्यक्रम अन्तर्गत बिद्यालय किशोरी महिनावारी सुरक्षाको लागि स्यानिटरी प्याड निशुल्क गाउँपालिका घोषणा गरेको छ | कार्यक्रमको समन्वय गाउँपालिका स्वास्थ्य शाखाले गरेको थियो | गाउँपालिका उपाध्यक्ष बिष्णु माया आचार्य पौडेलको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ रहनुभएको थियो |
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेलका अनुसार उपरोक्त कार्यक्रम गाउँपालिका क्षेत्र भित्रका सबै बिद्यालयमा स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने र यसले छोरा र छोरीमा रहेको असमानता हटाउने तथा लैंगिक समानताका लागि समान सोचाइको बिकासमा टेवा पुग्ने तथा प्राकृतिक रुपमा प्राप्त महिला हरुमाहुने नियमित चक्र महिनावारी भएकै कारणले गर्दा छोरिहरुको पढाईमा असर हुने समस्या अब नरहने कुरा बताउनुभयो |
यस अघि किशोरीहरु महिनावारि भएको समयमा बिद्यालय नआउने तथा बिचमै पढाई छोडेर घर जाने गरेको र यसले गर्दा प्रत्यक महिना छोरिहरुको पढाइ छोराहरुको तुलनामा कम्तिमा ४ दिन र बर्षमा ४८ दिन पढाइमा बाधा पर्ने गरेको साथै समग्र सामाजिक लैंगिक असमानतालाई यसले बढवा दिईरहेको बिक्राल समस्यालाई मध्यनजर गर्दै किशोरीहरूमा आत्मबल बढाउँन तथा उनीहरुको बहुपक्षीय बिकासमा टेवा पुगाउन यो कार्यक्रम ल्याएको कुरा गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङले बताउनुभयो |
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार शारीरिक परिवर्तन हुँदै गरेको देखेर अलमलमा रहेका किशोरीहरुमा एकैपटक महिनावारी बेहोर्नु पर्दा एक प्रकारको त्रास सिर्जना हुन्छ। त्यस माथि परिवारले छोइछिटो एबं महिनावारीको बेला देखिने स्वास्थ्य समस्यालाई खुलेर व्यक्त गर्न नसक्दा उनीहरु मानसिक एवं सामाजिक रुपमा कमजोर महशुस गर्न पुग्छन्। अझ झन महत्वपूर्ण कुरा त के छ भने किशोरावस्थामा देखिने शारीरिक परिवर्तन सगै प्रजनन स्वास्थ्य सग सम्बन्धित धेरै किसिमका रोगहरुको संक्रमणबाट बचाउन महिनावारी सरसफाइको आवश्यक पर्छ त्यसकोलागि सफा स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ तर ग्रामिण क्षेत्रका सबै किशोरीहरुले आर्थिक कमजोर अवस्थाको कारण स्यानिटरी प्याड किन्न पनि सक्दैनन् यो कार्यक्रम समय सान्दर्भिक रहेको छ | स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार कार्यक्रम संचालन गरिने सबै विद्यालयमा स्यानिटरी प्याड प्रयोग तथा महिनावारी सरसफाइको बारेमा प्रयोग गरि सकेपछि सहि तरिकाले बाताबरण मत्री फोहोर ब्यबस्थापन साथै प्रजन स्वास्थ्य शिक्षा बारे किशोरीहरुलाई सिकाइने छ |
गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयमा उपाध्यक्ष सग महिला कार्यक्रम अन्तरगत बिद्यालय किशोरी महिनावारी सुरक्षाको लागि स्यानिटरी प्याड निशुल्क वितरण छुट्टै कोठा ब्यबस्थापन गरिने र त्यस्तो कोठा किशोरी मैत्री विद्यालय बातावरण बनाउन पर्यत्न गरिने साथै प्याड प्रयोग पछि उचित बिशर्जनको लागि पनि पूर्वाधार निर्माण गरिने र त्यसकोलागि प्रत्यक विद्यालयमा छुट्टाछुट्टै विद्यालय ब्यबस्थापन समिति , विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा अभिमुखीकरण तथा अन्तरक्रिया गरिने साथै कार्यक्रमलाई नियमितता गर्न आगामी बर्ष गाउँपालिका बजेटमा नै समेटिने कुरा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेलले प्रस्ट पार्नुभयो | यो कार्यक्रमले बिद्यार्थीहरुमा शिक्षा प्रति आकर्षण बढ्ने तथा गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको बिकासमा सहयोग पुग्ने कुरामा गाउँपालिका शिक्षा शाखा प्रमुख हिमलाल शर्माले जोड दिनुभयो |