logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा फेवातालमा स्व.मन्त्री रबिन्द्र अधिकारी झै देखिएका यी युवा को हुन ?


  • राजनीति
  • सोमबार, फाल्गुन २७ २०७५

पोखरा- हिजो साझ पोखरा को फेबाताल मा चितवन का नेकपा युबा नेता ऋषि रेग्मीले  सस्कृतिक पर्यटन एबम नागरिक उड्डयन मन्त्री स्व . रबिन्द्र अधिकारी को झल्को आफ्नो फोटो सामाजिक सन्जाल मा पोस्ट गरेपछी कमेन्ट गर्नेहरु अधिकाशं ले स्व.नेता रबिन्द्र को झल्को दिएको बताएका छन ।

गृहमन्त्री बादलले राजिनामा दिनुपर्छ : नेता भिम रावल

पहिलो कमेन्ट गर्दै चितवन यात्रा ग्रुप का सस्थापक कृस्न कार्की ले रबिन्द्र अधिकारी जस्तो देखिनु भो ऋषि दाइ भनेपछी अधिकांश ले रबिन्द्र नै देखे ! नदेख्नु पनि कसरी ठाउँ पोखरा अनि विद्यार्थी कै राजनीति गर्ने ब्यक्तित्व अनि स्व । रबिन्द्र अधिकारी को ताजा घटना । प्रदेश न ३ का भुमिसुधार मन्त्री दाबा दोर्जे लामाका स्वकीय सचिब सुरज थपलीयाले रबिन्द्र अधिकारीको फोटो सहितको कमेन्ट गर्नुभएको छ भने माया सुवेदी ले आहाँ कस्तो अचम्म सेम उस्तै हामीहरुले झल्को मेट्न पाइयो ल युबा नेता लाई स्वागत छ कमेन्ट मा लेख्नु भयको छ ।उहाको उक्त फोटो सामाजीक सञ्क्जलमा पोस्ट गर्न साथ फोटो विभिन्न ग्रुप पेजहरु मा सेयर भयका थिए ।

उहाँ पुर्ब एमाले निकट विद्यार्थी सङ्ठ्न को पुर्ब केन्द्रिय सदस्य एबम पार्टी को विभिन्न तह र तप्कामा रहेर राजनीति गर्दै आइरहनुभएको थियो भने हाल पार्टी एकिकरण पश्चात् भने कुनै जिम्मेवारी मा नभए पनि नेकपा को दरिलो युबा विद्यार्थीको नेता का रुपमा चितवन मा चिरपरिचित छन । उहाँ पर्यटन बर्ष २०२० सफल बनाउनको निम्ति ३ दिन देखि पोखरा मा हुनुहुन्छ ।

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भिम रावलले सरकार र सिके राउतबीच भएको सहमति मान्य नहुने बताएका छन् ।

आज राजधानी काे रिपार्टर्स क्लवको साक्षत्कार कार्यक्रममा बोल्दै नेता ले भने राउतजीले म अब नेपालको संविधान अनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्ड, उनले भने, ‘उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन, म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए ।

उनले सहमति गर्दा पार्टी्भित्र कुनै छलफल र जानकारी नभएको र आफूले पजिन सहमति हुँदै गरेको सामाजिक सञ्जालबाट थाहा पाएको बताए ।

नेता रावलले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीके रावतसँग तुलना गरेकोमा दुःख वयक्त गरेका छन् ।

‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो’, उनले भने, ‘देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो ।’

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्श्निक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । उनले भने, ‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्श्निक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ?’

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा गृहमन्त्रीको राजीनामाका विषयमा छलफल हुने बताएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार