logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवमाथि प्रतिबन्धमा सत्तारुढ दलकै सांसदले जनाए आपत्ती”लेखे यस्तो स्टाटस”


  • राजनीति
  • बुधबार, फाल्गुन २९ २०७५

पोखरा – सत्तारुढ दलकै सांसदले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधि माथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत सरकारी निर्णयप्रति असन्तुष्टि पूर्व सञ्चारमन्त्रीसमेत रहेका सांसद राम कार्कीले जनाएका हुन् ।

‘समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुक्दैछौं हामी,’ कार्कीले फेसबूकमा लेखेका छन्, ‘प्रतिबन्ध हाम्रो आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।’

यस्तो छ उनको स्टाटस :

सिद्धान्तमुक्त राजनीति = नो रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे आइपर्छ त्यही गर्ने = सुविधाको राजनीति
समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुक्दैछौं हामी ।
प्रतिबन्ध = हाम्रै आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार