logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवमाथीकाे प्रतिबन्ध बारे पार्टीमा कुनै छलफल छैन याे अपरिपक्व निर्णय : नेता नेपाल


  • राजनीति
  • बुधबार, फाल्गुन २९ २०७५

पुर्वप्रधानमन्त्रि तथा  नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । नेता नेपालले पार्टीभित्र छलफल बिना गरिएका निर्णय ठीक नहुनेसमेत बताए ।

नेपालले भने, ‘पार्टीभित्र यो विषयमा छलफल भएको छैन । यस्तो चलन ठीक होइन ।’

मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्तो विषय राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै नेपालले यस्ता विषयमा बैठक बोलाएर गम्भीर छलफल गर्नुपर्ने बताए ।

‘प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखियो । राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा अपरिपक्व कदम गरेको देखियो,’ नेपालले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार