logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवमाथीकाे प्रतिबन्ध फिर्ता लिनुस् : राजेन्द्र महताे


  • राजनीति
  • बुधबार, फाल्गुन २९ २०७५

पोखरा- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विप्लव  नेकपा लाई प्रतिबन्ध गरेर समस्या समाधान नहुने बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले विद्रोहको कारण नखोजी प्रतिबन्ध गरेर मात्र समस्या समाधान नहुने बताएका हुन् ।
‘हिंस्रक आन्दोलन, सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन किन हुन्छ कारणमा जानुपर्छ , कारणमा नगई प्रतिबन्धै प्रतिबन्ध गरेर हुँदैन’ प्रतिबन्ध समस्याको समाधान होइन, किन बिद्रोहहरु जन्मिन्छ, त्यो विद्रोह जन्मिने कारणमा जाुनपर्छ। त्यो कारणको समाधान खोज्नुपर्छ ।’
सरकारकै कारण असन्तुष्टि र विद्रोहहरु भइरहेको भन्दै त्यसको सतहमा गएर समाधान गर्नुका साटो सरकारले गलत कदम चालिरहेको महतोको भनाइ छ ।

‘अहिले पनि सरकारसँग आग्रह छ । जुन जुन कारणलेृ विद्रोह भएको छ, सशस्त्र द्वन्द्व आन्दोलन, विण्डनवादी कुरा भएको छ । किन त्यो कुरा उठ्छ छ, त्यसको सतहमा जानुप¥यो’ उनले भने ‘समस्याको समाधान खोज्यो भने कुरा उठ्दैन ।’

उनले ‘लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफ्नो कुरा राख्न पाउनुपर्छ, पार्टी चलाउन पाउनुपर्छ । सरकारले हिंस्रक गतिविधि गर्नुहुन्न भन्न सक्छ’ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार