सरकारले विप्लवमाथि लगायकाे प्रतिबन्धले सरकार युद्धले चाहेेकाेे भन्दै निर्माणाधीन वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै आहुतिले सरकारको उक्त कदमले गम्भीर बनाएको जनाएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छः ‘सरकारद्वारा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्धको घोषणाले हामीलाई गम्भीर बनाएको छ । कमरेड नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उठाएका राजनैतिक माग, सरोकार र असन्तुष्टिलाई आम जनताले पत्याउने स्तरमा सम्बोधन गर्ने न्यूनतम चेष्टा सरकारले गरेकै छैन र त्यस पार्टीले जिम्मा लिएका केही घटनालाई आधार बनाएर प्रतिबन्ध स्तरको चरम निर्णय कदापि जायज हुनै सक्दैन ।’
प्रतिबन्धको घोषणाले सरकार आफैं युद्धन्मुख भएको समेत विज्ञप्तिमा भनिएकाे छ
यस्तो छ बिज्ञप्ती
