पोखरा- पोखरामा पनि नेपाल बन्दको पूर्वसन्ध्या ठुलो आवाजसहित बम बिस्फोट भएको छ । पोखराको औद्योगिक क्षेत्र आसपासमा ठुलो आवाजसहित बिस्फोट भएको त्यहाका स्थानीयले जानकारी दिएका छन् । बुधबार राति ९ बजेतिर निक्कै ठुलो भयानक आवाज सुनिएपछि आफूहरु बाहिर निस्किएको स्थानीयले बताएका छन् । उक्त बिस्फोटबारे प्रहरीले केहि जानकारी दिएको छैन ।बारम्बार लगातार ९ १० पटक सम्म सुनिएको थियो।लाग्थो बन्दुक पड्किए झै एक स्थानीयले बताए दोहोरो फायरिङ भए झै लागेको उनले बताए।
पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।