logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

रोल्पा उडेका प्रचण्ड रुकुम हानिदै


  • राजनीति
  • शनिबार, भाद्र ३१ २०७४

माओवादी केन्द्रका प्रचण्ड रोल्पा पुगेको खबर छ । आज थवाङ्ग गाउपालिकाको आयोजनामा आज हुने भनिएको प्रथम अधिवेशनमा उनि प्रमुख अतिथि बन्ने कार्यक्रम थियो । तर रोल्पा थवाङ्ग गाउपालिका अध्यक्ष बिरबहादुर घर्ती अपहरण परे पछि प्रचण्ड थवाङ्ग भने पुगेका छैनन ।

थावाङ्गका लागी भनी उडेका प्रचण्ड थवाङ्गको कार्यक्रम अनिश्चित भए पछि रुकुममा केहि कार्यक्रममा सहभागी हुन  त्यता लाग्ने स्रोतले जनाएको छ ।

प्रचण्डको थवाङ आगमनलाई रोक्ने उद्देश्यका कालो झण्डा प्रदर्सन गर्ने तयारी गरेको नेकपाले उनि न आउने भए पछि उक्त्त कार्यक्रम  बारे पुनः बिचार गर्ने मनस्थितिमा भएको बुझिन्छ ।

हिजो मात्र थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती वेपत्ता भए पछि नेकपाले अपहरण गरेको आसन्का गरिएको छ । तर नेकपा रोल्पाले बिर बहादुर संग छलफल जारी रहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार