logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्री फेर्दै केपी – प्रचण्ड , ४ जनाको पद जादै, बिना थमौती हुन सक्ने


  • राजनीति
  • शुक्रबार, चैत्र १ २०७५

सत्तारुढ दल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री फेरवदल गर्ने बारे लामो रस्साकस्की भएको भएता पनि अन्ततः अध्यक्षद्धय मन्त्रिपरिषद सदस्य फेरबदल गर्न सहमत भएकाछन् । नेकपाका दुइ अध्यक्ष  केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) वीचमा केही संख्यामा मन्त्री चेन्जफेन्ज गर्ने निष्कर्ष निस्केको हो ।

केही मन्त्रीहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको सुइको पाए पछि फेरबदलमा सहमत भएको बिषय बाहिरीएको छ ।

बिदेश भ्रमणका लागी अमेरिका जान लागेका प्रचण्ड मुलुक छोड्नु पुर्वनै  केहि फाल्ने र्केही ल्याउने कुरामा टुंगो लागेको बताइएको छ ।

फेरिने मध्य पहिलो चरणमा बाहिरिने मन्त्रीमा उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव छन् । यादव मन्त्री बनेको ६ महिना पुग्नेवित्तिकै उनलाई हटाउने चर्चा चलेको थियो । यादवसँग प्रचण्ड स्वयंपनि असन्तुष्ट रहेको बताइन्छ । भनेजति काम गर्न नसकेको र नयाँ योजना ल्याउन नसकेको प्रचण्ड निकट बताउँछन् । उनले आफु निकट व्यक्तिलाई मनमौजी गर्न छुट दिएको पूर्वमाओवादीका नेताहरु बताउछन् ।

मन्त्री पद बाट हट्ने सूचिको अर्को नम्वरमा छन्, कृषिमन्त्री चन्द्र प्रकाश खनाल । खनाललाई पनि काम गर्न नसकेको भन्दै पार्टीं भित्र कुरा चल्ने गरेको थियो । खनालले किसानको पक्षमा काम गर्न नसकेको भन्दै प्रचण्ड निवासमा किसान संगठनका नेताहरुले पटक–पटक गुनासो गदै आएका छन् ।

प्रचण्डकि बुहारी तथा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरपनि पहिलो पटक फेरिने मन्त्रीको लिस्टमा परेको नेकपा उच्च स्रोतले बतायो । मगरलाई अर्को मन्त्रालयको जिम्मा दिने पनि संभावना छ ।

श्रोतका अनुसार यातायत व्यवस्था मन्त्री रघुवीर महासेठपनि पहिलो चरणमै फेरवदलमा पर्ने भएका छन् । सरकारले सिण्डिकेट हटाउन प्रयास गर्दा यातायात व्यवसायीसँग मिलेर हटाउन नदिएको आरोप पार्टीभित्र उनले खेपिरहेकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार