राजनीति
काठमाडौं- महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्केकी छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो ।
राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो । अन्नपुर्ण पोष्ट अशोक दुलालको सहयोहमा
राष्ट्रपति फर्किए लगतै किन जादै छन प्रचण्ड अमेरीका ? यस्ता छन कारण….
काठमाडौं -मार्च १८ तारिखमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका प्रचण्ड निकट स्रोतबताएका हुन् ।दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जाने बताइएको छ ।
यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर गएका थिए । सिंगापुरमा सीताको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानु अघि नेकपाको सचिवलाय बैठक बस्ने तयारी भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।
प्रचण्डलाई थ्रेट”बिप्लवको कार्वाही सुचीमा प्रचण्ड पहिलो स्थानमा”,
विप्लव नेकपाको कारवाही सूचिमा आफु पहिलो नम्वरमारहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘सरकारले मलाई दिएको सुचना मान्ने हो भने विप्लव नेकपाले कारवाहीको पहिलो सूचिमा मलाई राखेको छ, तर मलाई उनीहरु प्रति दया जागेको छ ।’
विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्ट रहेका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा भएको सुचना दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर वादलको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा रहेको जानकारी गराएको छ ।
विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयका विपक्षमा भएपनि प्रचण्डले सार्वजनिक रुपमा भने केही बोलेका थिएनन् । विहीबार पनि प्रतिबन्धका बिषयमा उनले कुनै उल्लेख गरेका छैनन् ।
‘मलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको छ, प्रचण्डले भने ‘आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । मार्नलाई टिम पनि खटाउनु भएको छ रे ।’ सरकारले दिएको सूचनाका आधारमा उनले प्रतिक्रिया दिएका छन् । मलाई मारेर यो परिर्वतन साँच्चिकै बाच्ने हो ? साथीहरुप्रति माया र दया लागेको छ,’ उनले अघि भने ।