राजनीति
सोच समुह पोजिटिभ थिन्किङले लेकसाइड टिका रिसोर्टमा आयोजना गरेको कार्यक्रममा
आश तमु- मिस नेपाल २०१८ श्रृखला खतिवडाले मिस नेपालमा युवतीलाई सहभागी हुन आव्हान गरेकी छन् । मिस नेपाल युवतीहरुका प्रतिभा र क्षमता बढाउने अवसर भएको भन्दै प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरीन् ।
मिस नेपाल २०१८ श्रृखला खतिवडाले पोखराको जनप्रिय बहुमुखी क्यामपसमा समेत भाग लिइन। स्वतन्त्र बिधार्थी युनियनले दोस्रो बार्षिक उत्सव विधार्थी स्वागत एव विदाई कार्यक्रममा समेत पुगेकी थिए। त्यसै गरी उनी सोच समुह पोजिटिभ थिन्किङले लेकसाइड टिका रिसोर्टमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी जनाइन।

सोच समुह पोजिटिभ थिन्किङले लेकसाइड टिका रिसोर्टमा आयोजना गरेको कार्यक्रममा
मिस नेपाल २०१९ का लागि पोखरा अडिसनमा आएकी खतिवडाले हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थी सहि सबैलाई भाग लिन आव्हान गरिन् । उनले पोखरा अडिसनमा छुटेका सबैलाई काठमाडौमा हुने अडिसनमा भाग लिन आग्रह गरीन् । ‘यो सबैको लागि अवसर हो,’ उनले भनिन् ‘अवसरको सदुपयोग गर्नुपर्दछ, पढाइ सगँ सगै क्षमता पनि बढाउनु पर्दछ ।’ मिस नेपालमा भाग लिन उचाई ५ दशमलव ४ इन्च, कक्षा १२ पास र १९ देखी २५ वर्ष उमेर समुहको हुनु पर्दछ ।

बैशाखमा आयोजना हुने २५ औं मिस नेपालको आयोजना हिडन ट्रेजरले गर्ने छ । कार्यक्रममा हिडन ट्रेजरका दिवाकरराज राजकर्णिकारले मिस नेपालका उत्कृष्टहरुले अन्तराष्ट्रिय पाँचवटा प्रतिष्पर्धामा भाग लिन पाउने बताए । मिस अर्थ २०१७ रोजिना श्रेष्ठले उचाई, पढाइ, उमेर समुह र इच्छा हुनेहरुले प्रतियोगितामा भाग लिनुपर्ने बताए ।

पोखराको जनप्रिय बहुमुखी क्यामपसमा