logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रवी लामिछानेले प्रचण्ड लाइ यस्तो भनेपछी उनका कार्यकर्ता आगो भए !


  • राजनीति
  • शनिबार, चैत्र २ २०७५

बेला बखतमा बिवादित अभिव्यक्ति दिदै आएका  कारण विवाद मा मुछिने गरेका  टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेमाथि माथी सत्तारुढ दल नेकपा (पुर्व माओवादी)का नेता कार्यकर्ता अरिङ्गाल झै सामाजिक संजाल मा  खनिएका छन ।

अहिले मिडिया क्षेत्रमा चर्चामा रहेका रविले विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक ब्यबहार गर्नुको साँटो प्रतिबन्ध लगाएको भन्दै सरकारको यो कदमलाई रक्षात्मक कदम का रुपमा  प्रस्तुत गरेकाछन् ।

रवीले भनेको उनकै शब्दमा यस्तो छ ।

‘नेकपाका अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ सबैभन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिस्ट तयार गरेका रहेछन् । आफुलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समुहले माइन्युट गरेको सरकार मार्फत थाहा पाएको कुरा आज प्रचण्डले सार्वजनिक गर्नुभएको हो ।

वा ! कमरेड जनताका छोराछोरी मरेकोमा पिर परेंन तर आज आफुलाई मार्छु भनेर भन्नसाथ विप्लव बल्ल तपाईको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुँदासम्म मतलब भएन तर आफुलाई मार्ने भो भनेपछि विप्लवमाथि प्रतिबन्ध ? प्रतिबन्ध गर्ने निर्णय सरकारको हो त्यसमा मेरो के दोष भन्न त् पक्कै हुन्न होला किनकी सरकार तपाईकै दलको हो र प्रतिबन्धको तपाईले बिरोध गर्नुभएको पानि छैन ।

…विप्लवका गलत कार्यको बिरोध गर्नुपर्छ तर राजनीतिक दल बिचार र सिद्धान्तलाई प्रतिबन्ध लगाउनु गलत हो । देशै टुक्र्याउछु भन्ने सिके राउतसंग हात मिलाउने छाती भएको सरकारले विप्लवको छातीमा चाहिँ बन्दुक ताक्न मिल्छ ? … प्रचण्डको ठाउँमा मारिने लिस्टमा मेरो नाम भए पनि गलतलाई गलत भन्नै पर्छ… !”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार